चीनले नेपाललाई दियो २० लाख सिरिञ्ज, भेराेसेल खाेप अभियान पुन: सुरू हुने


काठमाडाैँ –  कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । शनिबार २० लाख सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

चीनले अनुदानमा दिएको सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले व्यक्त गरिन्।उनले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताइन्। कोरोनाविरुद्धको खोप पर्याप्त भए पनि सिरिञ्ज नहुँदा नेपालमा खोप अभियान नै प्रभावित भएपछि नेपाल सरकारले चीनसँग सिरिञ्ज माग गरेको थियो।

प्रतिक्रिया