पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्दै ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण अभिव्यक्ति दिने भएका छन् । ओलीले भोलि पत्रकार सम्मेलन नै आयोजना गरेर पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्ने तयारी गरेका छन् ।

ओलीको भोलिको बोलीबारे चासो छ । तर, कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी पत्रकार सम्मेलन रोकिने सम्भावना पनि छ । पत्रकार सम्मेलन रोकिएमा ओलीले विज्ञप्ति जारी गर्ने बुझिएको छ ।

उनले स्थानीय चुनाव घोषणा गर्न सरकारले ढिलाई गरेको, पहिले प्रतिनिधि सभा चुनाव घोषणा गर्ने या तीन तहको चुनाव एकसाथ गर्ने विषयमा सरकारमा रहेका दलहरुबीच छलफल चलिरहेको विषयमा पनि बोल्ने बुझिएको छ ।

प्रतिक्रिया