कांग्रेस महामन्त्री शर्मालाई कोरोना पुष्टी


काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। बुधबार मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्दा शर्मालाई दोस्रोपटक पोजेटिभ देखिएको हो।

महामन्त्री शर्माले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको बताएका छन्। उनले सार्वजनिक कार्यक्रमहरूमा सतर्कता नराख्दा आफूलाई कोरोना संक्रमण भएको भन्दै आत्मआलोचनासमेत गरेका छन्।

शर्मा कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि विभिन्न जिल्लाका कार्यक्रममा पुगेका थिए। उनले आइसोलेसनमा बसेको बताएका छन् भने एक सातापछि पार्टीका काममा फर्कने उल्लेख गरेका छन्।

प्रतिक्रिया