
कलंकीमा बसको ठक्करबाट एकको मृत्यु, एक घाइते
काठमाडौं – काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक भने घाइते छन् ।
बसको ठक्करबाट रुकुमपूर्व घर भई हाल काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगरको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको उपचार पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भइरहेको छ ।
बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
