


अमेरिकामा मानव तस्करी गर्ने युवती पक्राउ

काठमाडौं – मानव तस्करीको आरोपमा एक युवती पक्राउ परेकी छन्। नेपालबाट अमेरिकामा मानव तस्करी गरेको आरोपमा २४ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको हो।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंको काभ्रेस्थलीबाट सुधा देवकोटालाई पक्राउ गरेको हो। देवकोटाले आफ्ना श्रीमान मुक्ति नारायण केसीसँग मिलेर दुई जनालाई विभिन्न देश पठाई अलपत्र पारेकी थिइन्।
दुई जनालाई जाकार्ता हुँदै अमेरिका पठाउने प्रयास गरेको तर उनीहरु त्यहाँबाट फर्किएका थिए। पीडितको जाहेरीका आधारमा देवकोटा पक्राउ परेकी हुन्।
उनले एक जनासँग १९ लाख तथा अर्कासँग १५ लाख रुपैयाँ लिई ठगी गरेको खुलेको छ।

