काठमाडौं उपत्यकामा भोलिदेखि १२ देखि १८ वर्ष मुनिकालाई खोप दिइने


काठमाडौं – काठमाडौं उपत्यकामा भोलि (मंगलबार) देखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो ।

१८ वर्ष मुनिका भन्नाले १७ वर्ष ११ महिना २९ दिन मुनिका हुनुपर्ने मन्त्रालयले जनाएको छ। बालबालिकाहरूलाई फाइजर र मोडर्नाको खोप दिन लागेको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका केही स्थानीय तहमा भने यो अभियान केही दिन अघिदेखि नै सुरु भइसकेको जनाएको छ ।

त्यसैले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया