संघीयता चिनाउने गरी काम गर्न कर्मचारीलाई गण्डकीका मुख्यमन्त्री पोखरेलको निर्देशन


गण्डकी –गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटन गर्दै उनले भने, ‘सङ्घीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अङ्ग प्रदेश सरकार हो, यसको अनुभूति हुने गरी राष्ट्रसेवक निजामती कर्मचारीले सेवा गर्न जरुरी छ ।’

हामीसँग भएको साधन र स्रोतको अधिकतम प्रयोग गर्दै सङ्घीयतालाई मजबुत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको स्थायी अङ्ग कर्मचारी जनतासँग दैनिकरूपमा प्रत्यक्ष सम्बन्धित भएकाले जिम्मेवाररूपमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले कर्मचारीले जनताको सेवकका रूपमा कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याए

प्रतिक्रिया