
बिहानैबाट काठमाडौंमा कुहिरो, दिनभरकाे माैसम पनि बदली
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौंमा बिहान कुहिरो लागेको छ ।
बिहान ६ बजे चार हजार भिजिविलिटी रहेको छ । २५ सयभन्दा कम भिजिबिलिटी भयो भने जहाज उडान तथा अवतरणमा अवरोध हुने सम्भावना हुन्छ ।काठमाडौंमा आज बिहान ५ डिग्री सेल्सियस तापक्रम रहेको छ ।
बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार काठमाडौंको मौसम आज बदली हुनेछ ।



कागजपत्र |
