
सुसन कर्माचार्यका तीन अपार्टमेन्ट, दुई हाइड्रोपावर, धेरै ठाउँमा लगानी स्रोत के हो?
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठकी नीजि सचिव सुसन कर्माचार्यका करोडौं लगानीका सम्पत्ती फेला परेका छन्।
साधारण परिवारकी उनी राजनीतिक व्यक्तित्वसँग जोडिएपछि विभिन्न क्षेत्रमा अस्वभाविक लगानी भेटिएको हो। श्रेष्ठ हुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत राम्रो राजनीतिक सम्बन्ध बनाएकी उनले शक्ति केन्द्रको आडमा नै विभिन्न ठाउँमा करोडौं लगानी गरेको खुलेको हो।
मनीप्लान्ट इन्भेष्टमेन्ट कम्पनीका नाममा सुसनका विविध लगानी छन्। यत्रो लगानीको आधार श्रेष्ठ परराष्ट्रमन्त्री भएका बेला तय गरेको पनि बताइएको छ।
बागमती अपार्टमेन्टमा प्रवक्ता श्रेष्ठको सम्पर्क कार्यालय रहनेगरी कर्माचार्यले एउटा फ्ल्याट लिएकी छन्। अपार्टमेन्टको दोस्रो तलाको १० नम्बर फ्ल्याटमा प्रवक्ता श्रेष्ठलाई भेट्न कार्यकर्तादेखि उच्च तहका नेता समेत पुग्छन् ।
प्रचण्ड, शक्ति बस्नेत आदि नेताहरू पुगेका बेला सोही अपार्टमेन्टको आठौं तलाको ७ नं फ्ल्याटमा कर्माचार्यले प्रचण्ड र श्रेष्ठलगायतलाई खाना खुवाएको तस्बिर सार्वजनिक भएको थियो।

यस्तै, आठौं तलाको १ नं फ्ल्याटमा कर्माचार्य अध्यक्ष रहेको इष्टर्न हाइड्रोपावर प्रालिको कार्यालय छ । अहिले याम्बलिङ हाइड्रोको पनि कार्यालय सोही अपार्टमेन्टमा राखिएको छ। कर्माचार्य त्यसको पनि अध्यक्ष हुन्।
उनका पति लक्ष्मणकृष्ण राजभण्डारीले सोही बेला जापान जाने मौका पाएका थिए। राजभण्डारीले पाटनमा ठूलो लगानीमा जापानिज भाषा स्कुल खोलेका छन्। जसमार्फत नेपालीलाई जापान पठाउने गरिएको छ।
नेकपा प्रवक्तासँग नाम जोडिएर कर्माचार्यका कतिपय लगानीका विवरण सार्वजनिक भएपछि बचाऊका लागि उनी प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई भेट्न पुगेकी थिइन्। प्रचण्डले त स्थायी समितिको बैठकमा नै कर्माचार्य र श्रेष्ठको खुलेआम बचाऊ गरेका थिए।
यी शीर्षक पनि पढ्नुहोस्
विवादीत भएपछि शक्ति केन्द्र धाउन थालिन नेकपा प्रवक्ता श्रेष्ठकी नीजि सचिव सुसन कर्माचार्य
नेकपा प्रवक्ता श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यको ठगहरूसँग उठबस यस्तो छ



कागजपत्र |
