सालकको खपटासहित २ युवक पक्राउ


काठमाडौँ – रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा छन् ।

सुराकको आधारमा आरोपीहरुको घर खानतलासी गर्दा ३ सय ६६ ग्राम दुर्लव बन्यजन्तु सालकको खपटा भेटिएको हो ।

प्रहरीचौकी सालु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सो खपटा बरामद गरेको हो । बेच्नको लागि उनीहरुले सो खपटा घरमा लुकाएर राखेका थिए ।

आरोपीहरुलाई आवश्यक कारवाहीका लागि प्रहरीले चिसापानी सबडिभिजन बन कार्यालय मन्थलीमा बुझाएको छ ।

प्रतिक्रिया