सांसद निष्कासनको सूचना नटाँसे मार्गप्रशस्त गर्न सभामुखलाई एमालेको आग्रह


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटालाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि दुई वटा विकल्प रहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसमक्ष दुई वटा विकल्प रहेको बताए । सभामुखलाई गरेको आग्रह सुनाउँदै भट्टराईले भने-‘तपाईंका सामुन्नेमा दुइटा विकल्प छन् । एउटा तपाईंले यथासिघ्र नेकपा एमालेले निस्कासन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्नुस् । बिलम्ब भए पनि र गल्ति महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस’

जबसम्म सभामुखले आफूहरुले दिएका दुई वटा विकल्पमध्ये एउटा रोज्नुहुन्न तबसम्म एमालेले संसद अवरोध गरिरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया