

कांग्रेस केन्द्रीय सदस्यमा मधेसी कोटाबाट विनोद चौधरीसहित ५ जना निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसी कोटाबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।
कांग्रेसको १४ ओं महाधिवेसन अन्तर्गत मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा चौधरीले २२०६ मतसहित निर्वाचित भएका हुन् ।
यस्तै, प्रारम्भिक गणना अनुसार अजय चौरसियाले २५२२ मत, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार यादवले १९५९ मत पाएका छन् ।
उक्त मत परिणाम निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

