कांग्रेस महिला केन्द्रीय सदस्यको मतगणना सकियो, कसले कति मत पाए त ?


काठमाडौं — नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महिला तर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

सोमबार सार्वजनिक मत परिणामअनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै २८८५ मत ल्याएर निर्वाचित भएकी छन् ।

त्यसपछि पुष्पा भुसाल २७१८, आरजु राणा देउवा २५३६ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै अम्बिका बस्नेतले २३३९ मत ल्याएर विजयी भएकी छिन् । त्यस्तै ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाहीले १७८९ मत ल्याएर विजयी भएका छन् ।

नेपाली कांग्रेस महिलातर्फको केन्द्रीय सदस्यका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

 

प्रतिक्रिया