सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु


सिरहा – सिरहाको गोलबजार नगरपालिका-६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने एक जना भाइते भएका छन् ।

छुरा प्रहारबाट घाइते भएका गोलबजार– ६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुई समूहबीच झडप भएको र घटनाबारे थप अनुशन्धान भइरहेको जनाएको छ । प्रहरीले घटनामा संलग्नहरूको खोजी गरी रहेको पनि जनाएको छ ।

प्रतिक्रिया