नेप्सेमा सामान्य गिरावट, काराेबार रकम चार अर्ब ५८ कराेड


काठमाडाैं – शेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ । नेप्से आज चार दशमलव २३ अङ्कले घटेर दुई हजार चार सय १४ विन्दुमा पुगेको छ । हिजो एक सय ३७ अङ्कले बढेको नेप्से आज घटेको हो ।

आज पाँच समूहको शेयर घटेकोमा सबैभन्दा धेरै होटल र पर्यटन समूहको शेयर ५३ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमा समूहको शेयर ४३ अङ्कले घटेको छ ।

आज दुई सय २८ कम्पनीका ९८ लाख ७९ हजार कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंककाे १६ कराेड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ ।

आज नयाँ सारथी लघुवित्तको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सामलिङ पावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया