छात्रालाई पटक–पटक बलात्कारको गरेको भन्दै प्रिन्सिपल पक्राउ


काठमाडौं – बाँकेको नेपालगञ्जमा विद्यार्थी बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ।

नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल रावतविरूद्ध १७ वर्षीया छात्राले बलात्कार गरेको भनेर उजुरी दिएपछि रावत पक्राउ परेका हुन्।

पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको १७ वर्षीया छाज्ञाले दिएको जाहेरीमा उल्लेख गरिएको छ।

गत २७ साउनमा पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई बलात्कार गरेका थिए। त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ।

पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए।

त्यस्तै १० मंसिरमा आफ्नै कोठामा बोलाएर शिक्षक रावलले बलात्कार गरेका थिए। छात्राले आउन नमान्दा भिडियो बाहिर ल्याइदिने धम्की दिने गरेको र सो दिन साँझ ५ बजेतिर कोठामा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरक्षिक (एसपी) श्यामकृष्ण अधिकारी अनुसार पक्राउ परेका रावत स्टिङ बेलका अध्यक्ष समेत हुन्। उनले टेक्निकल कलेजमा अंग्रेजी विषय पढाउँदै आएका थिए।

त्यसपछि २३ मंसिरमा पीडित छात्राले जाहेरी दिएपछि शिक्षक रावत पक्राउ परेका हुन्। उनलाई सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया