ओमिक्रोनबाट बेलायतमा एकको मृत्यु, चीनमा पनि देखियो ओमिक्रोन


लन्डन – विश्वमै पहिलोपल्ट ओमिक्रोनबाट एक व्यक्तिको निधन भएको छ । पश्चिम लण्डनको पेडिंगटननजिक एक खोप केन्द्रमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोनका कारण एक जनाको निधन भएको पुष्टी गरे ।
जोन्सनले ओमिक्रोन भाईरस सामान्य भएको र त्यति धेरै खतरनाक नभएको बताउँदै सबैलाई बुस्टर खोप लगाउन अनुरोध गरे ।

जोन्सनले ओमिक्रोन भेरियन्ट बेलायतमा तीब्रगतिमा फैलिँदै गएको बताउँदै सबैलाई घरबाटै काम गर्नका लागि निर्देशन दिए । साथै भिडभाड क्षेत्रमा जानका लागि खोप पासपोर्ट अनिवार्य गरेको समेत जनाए ।

साथै चीनमा पनि ओमिक्रोन भाईरस देखिएको जनाइएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो ।

यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँको एक स्थानीय पत्रिकाले जनाएको छ । संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएको छ । मंगलबार मात्र तियानजिनमा ३७ जनामा कोभिड देखिएको थियो । यो सँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४४ पुगेको छ ।

प्रतिक्रिया