
निधि निवास पुगे देउवा
काठमाडौं – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन्।
नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन सुरु हुनुअघि देउवा निधिलाई भेट्न उनको निवास पुगेका हुन्।
चाक्सीबारीमा प्रकाशमान सिंहलाई भेटेपछि देउवा निधिको निवास बानेश्वर पुगेका हुन्। सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने आफ्नो निर्णय गरेका छन्।
त्यस्तै निधिलाई फकाउन देउवा उनको निवास पुगेका हुन्। देउवा निधिबाट पनि समर्थन पाउने आशमा छन्।



कागजपत्र |
