
काँग्रेस सभापतिको दोस्रो चरणको मतदान ३:३० बजेदेखि हुने
काठमाडौं – काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै गर्ने भएको छ । निर्वाचन समितिले आज दिउँसो ३:३० बजेदेखि मतदान सुरु हुने जनाएको छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो। पहिलो चरणको चुनाव नतिजा विहीन बनेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत अपुग भएको छ ।
दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।



कागजपत्र |
