यस्तो देखियो प्रदर्शनीमार्गमा चुनावी माहौल (फोटोफिचर)


काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थल प्रदर्शनीमार्गमा चुनावी चहलपहल अत्याधिक देखिएको छ । भर्खरै चार बजेसम्म १५ सय भन्दा बढी खसिसकेको अवस्थामा मतदानस्थलबाहिर नेता तथा कार्यकर्ताहरुको भिडभाड देखिएको छ ।

पद्मोदय मोडदेखि नै सडक बन्द गरी महाधिवेशन प्रतिनिधि र मिडियालाई मात्र प्रवेश दिइएको छ । प्रदर्शनीमार्गमा पोस्टर तथा पम्प्लेट भरिएका छन् । एकजना मतदाता गाडी नै लिएर मतदानस्थल जाँदै गर्दा उनको सवारीमा पोस्टर तथा पम्प्लेटले भरिएको थियो ।

त्यसैबीच एक अपांगले महाधिवेशनस्थलमा जीवीकोपार्जनका लागि साहारा मागिरहेका देखिन्थे । उनको सहयोगीका रुपमा रहेका व्यक्तिले पैसा जम्मा गरिरहेका थिए ।

पर्चा पम्प्लेटले सडकको पिच नै नदेखिएको अवस्था थियो । कतिपयले महाधिवेशनलाई लक्षित गर्दै पुस्तकहरु सडकमा नै राखेर बेचिरहेका पाइन्थे भने वरिपरिका खाना घरहरुमा भ्याई नभ्याई देखिएको थियो ।

तस्बिरहरूः निरन पाण्डे/अनलाइनन्यूज७डटकम

 

प्रतिक्रिया