

नेप्सेमा उच्च अंकको पहिरो, परिसुचक २२ सय ८२ विन्दुमा

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आउने क्रम आज पनि जारी रह्यो । नेप्सेमा आज ७९ अंकको गिरावट आएको हो ।
नेप्से सोमबार ७९ दशमलव २३ अंकले घटेर परिसुचक २२ सय ८१ दशमलव ६७ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ४७ अंकले घटेर ४३७ दशमलव ५९ विन्दुमा रोकिएको छ ।
आज २३३ कम्पनीको ६२ हजार ८ सय ९ पटक कारोबार भएर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँ बराबरको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

