नारायणकाजी प्रकरणमा गोकुल बास्कोटाले यसो भनेका छन्


काठमाडौं– पूर्वमन्त्री तथा नेकपा सांसद गोकुल बास्कोटाले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

पूर्वराजदूत तथा पूर्वसांसद कमानसिंह लामाले निधनअघि श्रेष्ठमाथि आरोप लगाएको अडिओ भिडिओ सार्वजनिक भइसकेपछि पदमा बस्न नहुने बास्कोटाको तर्क छ।

आइतबार बिराटनगरमा पत्रकार सम्मेलनका क्रममा उनले भने,‘उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। आरोप पुष्टि हुनु र नहुनु भनेको फरक कुरा हो।’

उनले आफूलाई आरोप लाग्नासाथ मन्त्री पदबाट राजीनामा दिएको विषयलाई उदाहरणका रुपमा पेस गरेका थिए।

प्रतिक्रिया