नेकपा स्थायी कमिटीको बैठक पुस १ मा


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको अर्को बैठक पुस १ गतेका लागि सारिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

प्रतिक्रिया