आन्तरिक छलफलमा जुट्यो सिटौला समूह, महामन्त्रीमा प्रदीप पौडेल


काठमाडौं – नेपाली कांग्रेसको कृष्ण सिटौला समूह आन्तरिक छलफलमा जुटेको छ। सिटौलाले महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अघि सारेका छन्।

केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका सिटौला पार्टी महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक छलफलमा जुटेको हो।

आफ्नो समूहबाट चुनावी प्रक्रियामा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएर सिटौलाले देउवासँग फाइनल छलफल गर्ने बुझिएको छ।

प्रतिक्रिया