देउवा पुग्ने बितिक्कै केन्द्रिय समिति बैठक सुरू, २२५ केन्द्रीय सदस्य पुर्याउने प्रस्ताव!


काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुग्ने बितिक्कै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक सुरू भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरू भएको हो ।

शुक्रबारदेखि काठमाडौंमा सुरू हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रिय समितिको बैठक बोलाइएको हो ।

यसैबीच नेपाली कांग्रेसको संस्थापन पक्षले सहमहामन्त्री तीनजना थपेर ११ पुुर्‍याउन केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने भएको छ ।

आजको केन्द्रीय समिति बैठकमा पेस गर्न नेता रमेश लेखकले तयार पारेको प्रस्तावमा केन्द्रीय समितिको संख्या पनि २२५ पुर्‍याउने भनिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

संस्थापन पक्षका ती केन्द्रीय सदस्यका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुने भएपछि त्यो प्रस्ताव भने केन्द्रीय समितिमा पेस मात्र हुनेछ । साथै अन्तिम केन्द्रीय समिति बैठकमा प्रकाशमान सिंह पनि उपस्थित नहुने  जनाइएको छ । कांग्रेसको केन्द्रीय समिति अहिले ८५ सदस्यीय छ ।

प्रतिक्रिया