
कोरोना विरुद्धको खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु
वाग्मती – कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड-१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका-१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।



कागजपत्र |
