पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु


इस्लामवाद – पाकिस्तानको कब्जामा रहेको गिलगिट बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ ।

इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए । दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ ।

आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन । जीबी मुख्यमन्त्री खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया