ओमिक्रोनविरुद्ध सरकारको कदमः ओमिक्रोन देखिएका देशबाट नेपाल प्रवेशमा रोक


काठमाडौं – विश्वमा पछिल्ला दिनमा ओमिक्रोन नामक भाइरस बढ्दो क्रममा छ । यसबाट बच्नका लागि नेपाल सरकारले पनि केही कदम अगाडि बढाएको छ । जसअनुसार सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल नेपाल प्रवेशमा रोक लगाएको छ।

आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर गुणराज लोहनीले यो जानकारी दिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने व्यवस्था गरिएको उनले बताए।

पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भाइरस छिमेक भारतमा पनि देखा परिसकेको छ। दक्षिण भारतको कर्नाटक राज्यका दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट फेला परेको हो। संक्रमितमध्ये एक जना दक्षिण अफ्रिकाबाट आएका यात्रु र अर्का कर्नाटककै चिकित्सक हुन्।

हालसम्म विश्वका ४० भन्दा बढी देशहरुमा फैलिइरहेको ओमिक्रोन भाइरस कोरोना भाईरसकै अर्को रुप भएको जनाइएको छ । हालसम्म कुनै पनि व्यक्तिको ज्यान नगईसकेको पनि जनाइएको छ ।

प्रतिक्रिया