दिल्लीमा एकैपटक ८ रुपैयाँले घट्यो पेट्रोलको मूल्य


नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्ली सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ घटाएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थमा भइरहेको वृद्धिबाट जनतालाई परेको प्रत्यक्ष प्रभावलाई केही भए पनि न्यून गर्न दिल्ली सरकारले उक्त निर्णय गरेको जनाइएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले आज (बुधबार) राति देखि लागू हुने गरी पेट्रोलमा आठ रुपैयाँको दरले घटाएको जनाइएका छन् । उक्त निर्णय दिल्ली सरकारको बुधबारको बैठकले गरेको पनि मुख्यमन्त्री केजरीवालले बताए ।

दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटमा कम गर्दै जनतालाई राहात दिने घोषणा गरेको हो । यसअघि भारतका पञ्जाब, राजस्थान र छत्तिसगढ राज्यहरुले पनि पेट्रोलमा लाग्ने भ्याट दरमा कमी गर्दै जनतालाई राहात दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया