

दुई हात जोड्दै रावललाई मतदाताको आग्रह- कमरेड समय अझै बाँकी छ, उम्मेदवारी फिर्ता लिइदिनुस्

काठमाडौं – एमाले अध्यक्ष्यमा उम्मेदवारी दर्ता गराएदेखि नेता भीम रावललाई केही मतदाताले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
मतदाताकाबीचमा भोट माग्न व्यस्त रहेका रावललाई नेतृ भगवती चौधरीले हात जोड्दै भनिन्, ‘कमरेड समय अझै बाँकी छ, उम्मेदवारी फिर्ता लिइदिनुस्, सर्वसम्मत गरौं।’ तर रावल भने आफ्नो उम्मेदवारी फिर्ता नहुने अडानमा छन्।
चुनाव हारजितले पार्टीलाई कमजोर बनाउने भन्दै उनीहरुले रावललाई उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हुन्।
अध्यक्षका अर्का प्रत्यासी एवं निवर्तमान अध्यक्ष केपी ओली भने उम्मेदवारी दर्ता गराएपछि महाधिवेशन प्रतिनिधिमाझ देखिएका छैनन्।

