लोकतन्त्र विषयमा सम्मेलन गर्दै अमेरिका: चीन र रुसबाहेक एक सय १० देशलाई निम्तो


काठमाडाैं – अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिएका छन् ।

डिसेम्बर ९ र १० तारिखमा हुने यस सम्मेलनमा चीन र रुसलाई भने बोलाइएको छैन । तर ताइवान भने यो सम्मेलनमा भाग लिँदैछ । अमेरिकी विदेश विभागले जारी गरेको एक पत्रमा यसबारे उल्लेख छ ।

अमेरिकाको यो कदमसँग चीन असन्तुष्ट हुनसक्ने जनाएको छ । किनकी ताइवानलाई चीनले आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ । यस्तै अमेरिकाले टर्की, अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि यस सम्मेलनमा बोलाएको छैन । एजेन्सी

प्रतिक्रिया