भैरहवामा कांग्रेसका दुई पक्षबीच झडप हुँदा ५ जना घाइते, मतगणना स्थगित


रुपन्देही – रुपन्देहीमा नेपाली कांग्रेसका कार्यकर्ताहरुबीच मतगणनास्थलमा झडप हुँदा ५ जना घाइते भएका छन् । प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा काँग्रेस कार्यकर्ताबीच एक आपसमा झडप भएको हो।

हिजो मंसिर ३ गते राती भएको मतदानस्थलमा शेर बहादुर देउवा प्यानल पक्षधरले रामचन्द्र पौडेल पक्षधरलाई निर्घात कुटपिट गरेका छन् ।

भैरहवाको नेपाली कांगेस पार्टी कार्यलयमा भएको मतगणना स्थलमा पौडेल पक्षरका सभापतिका उम्मेदवार अधिबक्ता पुरन प्रसाद श्रेष्ठको प्यानलका शैलेश पन्तलाई राती २ बजे मत गणना भइरहेको समयमा निर्घात कुटपिट गरेको नेपाली कांग्रेसले जनाएको छ ।

मतगणना भइरहेको समयमा जेनेरेटर अफ गरि गृहमन्त्री बालकृष्ण खाँड निकटका केही व्यक्तिहरुले कुटपिट गरेको संस्थापन इतर पक्षका नेताहरुको आरोप छ । कुटपिटमा परी घाइते भएका शैलेश पन्तको लुम्बिननी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मतगणना भइरहेको समयमा रामचन्द्र पौडेल पक्षधरका अधिवक्ता पुरन श्रेष्ठको प्यानलले अग्रता लिएपछि गृहमन्त्री बालकृष्ण खाँड निकटका युवाहरुलाई प्रयोग गरि जेनेरेटर बन्द गरिे पौडेल पक्षधरका युवाहरुमाथि निर्मम ढंगले कुटपिट गरि घाइते लुम्बिनी अंचल अस्पताल बुटवल र भैरहवाको भीम अस्पताल भर्ना भएको पौडेल पक्षधरका एकजना नेताले जानकारी दिए । अहिले मतगणना स्थगित गरिएको छ।

प्रतिक्रिया