अमेरिकाबाट थप ६० लाख डोज फाइजर खोप ल्याईदैं


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अमेरिकाबाट थप ६० लाख डोज फाइजर खोप ल्याइने बताएका छन्।

बिहीबार अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र मन्त्री खतिवडा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकनका क्रममा मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्।

खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताए। उनले फाइजरको खोप ल्याउन भुक्तानीका लगि सरकारबाट निर्णय भइसकेको पनि बताएमका छन् ।

मन्त्री खतिवडाले अबको एक महिनाभित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताए। उनले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताए। मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया