
सौराहामा एमाले महाधिवेशन प्रतिनिधिलाई ५० प्रतिशत छुट दिने व्यवसायीको घोषणा
चितवन – नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई सौराहाका व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने भएका छन् ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् । एमालेले बुक गरेका होटलमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।
नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको छ । यससँगै सौराहामा चहलपहल थप बढेको छ ।
एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि होटेल व्यवसायीहरुले मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने गोष्ठी, विवाह, सेमिनार लगायतका अन्य सबै कार्यक्रमहरु स्थगित गरेका छन् ।



कागजपत्र |
