महाधिवेशनका लागि एमालेले उठायो पार्टी सदस्यबाट पैसा


काठमाडौं – नेकपा एमालेले १० औं महाधिवेशनको खर्चका लागि पार्टी सदस्यबाट पैसा संकलन गरेको छ ।

शुक्रबार साँझदेखि ईबैंकिङ प्रणालीबाट पाँच लाख रुपैयाँ संकलन भइसकेको केन्द्रीय कार्यालयले जनाएको छ ।

शनिबार एक लाख ९४ हजार संकलन भएको थियो । एमालेले पार्टी सदस्यहरुले मोबाइल बैंकिङ प्रणालीबाट शुल्क जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

महाधिवेशनका लागि चन्दा उठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ लिदैछ ।

आठ लाख पार्टी सदस्यबाट सय रुपैयाँका दरले उठाउने र बाँकी महाधिवेशन प्रतिनिधिबाट संकलन गर्ने एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया