मुस्ताङ हिमपहिरो अपडेट : घाइते हुनेको सङ्ख्या ११ पुग्यो


काठमाडौं – हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार गएको हिमपहिरोबाट घाइते हुनेको सङ्ख्या ११ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार आइतबार करिब ११ बजे धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठुलो हिमपहिरो थासाङ गाउँपालिका-२ कोबाङसम्म आइपुगेको हो ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार हिमपहिरो आएको थाहा पाएपछि त्यसभन्दा तल रहेका बस्ती तथा विद्यालयमा भागदौड मच्चिँदा​कोबाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो । झन्डै आधा घण्टासम्म बगेको पहिरोले हिउँका चट्टान उर्लिएर तलसम्म खस्दा पहिरोले भेटेका जति सबै रुख बिरुवा समेत सखाप भएका छन् ।

प्रतिक्रिया