पेस्तोल ताकी ज्यान मार्ने उद्योग गरेको अभियोगमा युवक पक्राउ


काठमाडौं – प्रहरीले ताप्लेजुङमा पेस्तोल ताकेर हत्या गर्न खोज्ने युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–४ साँवाका ३३ वर्षीय कमल लिम्बु रहेका छन्।

ज्यान मार्ने उद्योग गरी फरार रहेका लिम्बूको साथबाट प्रहरीले म्यागजिनसहितको पेस्तोल १ थान र गोली २ थान तथा दापसहितको खुकुरी १ थान बरामद भएको ताप्लेजुङका डिएसपी बालनर सिंह राणाले जानकारी दिए।
.
हत्या गर्ने योजनाका साथ मेरिङ्देन गाउँपालिका खोजुङ्वा बस्ने २६ वर्षीय बिनोद नाल्बो लिम्बूलाई कञ्चटमा पेस्तोल ताकी अभियुक्त लिम्बु फरार भएका थिए।

लगत्तै लिम्बुको खोजीकार्य भएको थियो। खोजीको क्रममा लिम्बुलाई पक्राउ गर्न ताप्लेजुङ प्रहरी सफल भएको डिएसपी राणाले बताए। डिएसपी राणाका अनुसार लिम्बुलाई पक्राउ गरी ज्यान मार्ने उद्योग÷हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता भएको छ।

अभियुक्त लिम्बुमाथि ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान जारी राखिएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया