
शेयरबजार निरन्तर ओरालो, तीनदिनमा १८० अंकले घट्यो नेप्से
काठमाडौं – पछिल्ला दिनमा शेयर बजारमा लगातार तीब्र ओरालो लागि रहेको छ । तिहारपछि नियमित कारोबारका तीन दिनमै सेयर कारोबार सूचक नेप्से तीब्र रुपमा घटेको छ । साताको अन्तिम दिन अर्थात् बिहीबार सूचक करिब ६० अंकले घट्दा नेप्से २६९० विन्दुमा आएर बन्द भएको छ।
हिजो अर्थात् बुधबार पनि बजार सूचक करिब ८० अंकले घटेको थियो। त्यसअघि तिहारपछिको पहिलो कारोबार दिन कात्तिक २२ मा सूचक करिब २० अंकले घटेको थियो । यसरी हेर्दा तिहारपछिको ३ दिनमा शेयरबजारमा १८० अंकले गिरावट देखिएको छ ।
बिहीबार ६० अंकले नेप्से घट्दा ५ अर्ब ११ करोड बढीको कारोबार भएको छ । यसअघि बुधबार साढे ६ अर्ब बढीको कारोबार हुँदा कारोबार रकमको आधारमा पनि बुधबार भन्दा धेरै कम भएको हो । बिहीबार मानुषी लघुवित्तको शेयरधनीहरुले १० प्रतिशत बढी कमाएका छन् ।
अधिकांश सूचक राताम्मे भएको शेयरबजारमा केही सीमित कम्पनीहरु मात्र बढेको छ ।



कागजपत्र |
