कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २८ मा बस्ने


काठमाडौं – नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छन् ।

बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

May be an image of tree and text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल রাহरার काशांव कार्तिक २१, २०७६ प्रेस विज्ञप्त नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ कार्तिक २5 गते आइतवार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्तित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ දග 싶여 कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (००९७७-१ ሂ੧૬੩૨६੩ /५१८३२६४/४१८३२६४ प्याक्स ሂ૧ር३२६६ -mail: info@nepalicongress.org Internet Access: http://www.epalicongress.org'

प्रतिक्रिया