१३ चर्चित नेतालाई उछिन्दै मोदी पुनः चुनिए विश्वकै लोकप्रिय नेता !


काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः एकपटक विश्वकै सबैभन्दा लोकप्रिय नेता चुनिएका छन् । अमेरिकी डेट इन्टिलेजेन्स फर्म द मर्निङ कन्सल्टको पछिल्लो सर्वेक्षणमा मोदीले अप्रुभल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित संसारका १३ चर्चित नेताहरुलाई उछिनेका छन् ।

५ नोभेम्बरमा सार्वजनिक गरिएको यो सर्वेमा मोदी अन्य विश्व नेताहरुभन्दा अगाडि छन् । भारतीय प्रधानमन्त्री मोदीले लोकप्रियताको ग्राफमा मेक्सिकन राष्ट्रपति आन्द्रे म्यानुएनल लोपेज ओब्राडोर, इटालीका प्रधानमन्त्री मारियो दाघ्री, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उछिनेका छन् ।

द मर्निङ कन्सल्ट सर्वेका अनुसार भारतमा कोरोनाको दोस्रो लहर (मे २०२१) को बेला मोदीको लोकप्रियतामा भारी गिरावट आएको थियो । त्यो बेला कोरोनाले भारतीय अस्पतालमा अक्सिजनको अभाव भएको थियो ।

सन् २०२० मा मोदीको अप्रुभल रेटिङ सबैभन्दा धेरै ८४ प्रतिशत थियो । सो बेला भारत कोरोना महामारीबाट बाहिर निस्किएको थियो ।

प्रतिक्रिया