देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुईको मृत्यु, ८ जना गम्भीर घाइते


मकवानपुर – हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रजैया सडकखण्डमा गुडिरहेको बसले देउसे टोलीलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा ८ जना गम्भीर घाइते भएको स्थानीयको भनाइ छ । बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१९ नेवारपानीका २० वर्षीयका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा स्थानीय निशा मोक्तान, तुलसा बिष्ट, लक्ष्मी गुरुङ्ग र संगम नेपाली घाइते भएका छन्। घाइतेहरुको हेटौडा र भरतपुरका अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्। आगजनीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।

घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेलिरहेकालाई ठक्कर दिएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया