पछिल्लो २४ घण्टामा १३९ कोरोनाबाट संक्रमित, एकको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआरबाट दुई हजार १३४ र एन्टिजेनबाट एक हजार ७९८ गरी कुल तीन हजार ९३२ नमुना स्वाब परीक्षण गर्दा १३९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या आठ लाख १४ हजार २१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या सातलाख ९४ हजार ८३४ पुगेको छ ।

प्रतिक्रिया