पछिल्लो २४ घण्टामा कोरोनाबाट दुईको मृत्यु, ३५६ संक्रमित


काठमाडाैं – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३६ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। देशभर ६ हजार ३८४ जनाको स्वाब परीक्षण गरिएको थियो। तीन हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जनामा र तीन हजार १२५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको हो।

आज कोरोनाबाट पाँच सय १८ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या सात लाख ९३ हजार ७८९ पुगेको छ। अहिलेसम्म देशभर आठ लाख १४ हजार ११५ जनामा सङ्क्रमण देखिएको थियो।

यसैगरी, पछिल्लो २४ घण्टामा ६४ हजार ३७२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। योसँगै अहिलेसम्म एक करोड ६१ लाख ६५ हजार ५६९ डोज खोप लगाइएको छ। जसमध्ये ८७ लाख ३५ हजार २६४ जनालाई पहिलो डोज र ७४ लाख ३० हजार ३०७ जनालाई पूर्ण खोप लगाइएको छ।

प्रतिक्रिया