एमसीसी प्रक्रिया पूरा गरेर संसदबाट पास हुन्छ : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट प्रक्रिया पूरा गरेर पास हुने बताएका छन् ।

आज (बिहीबार) बिहान त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभई अनुदान भएकाले यसलाई प्रक्रिया पूरा गरेर अगाडि बढाउने बताएका हुन् । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई नआत्तिन आग्रह गरेको बताएका छन् ।

देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी भएर बेलायतबाट फर्किएका हुन् ।

बेलायतमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल गरेकी थिइन् । यस अगाडि एमसीसीले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अघि बढाउने/नबढाउनु अब नेपालकै हातमा रहेको स्पष्ट पारेको थियो ।

प्रतिक्रिया