पति परीक्षामा फेल भएपछि चर्चामा राजकुमारी, पढाइमा सहयोग गर्छुः माकाे


काठमाडाैं – जापानकी राजकुमारी माकोसँग विवाह हुने विषय बाहिरिएसँगै चर्चामा रहेका कोमुरो हाल सबैकाे नजरमा छन् । अमेरिकामा कानुन विषयमा अध्ययनरत उनी पुनः चर्चामा छन् ।

कोमुरोका लागि राजकुमारीले सबै सुखसुविधा त्यागिन्  र उनीहरूकाे विवाह सम्भव भयो । माको र कोमुरोको प्रेमकहानी र विवाह विश्वभर चर्चाको विषय बनेको थियो । हाल कोमुरो न्युयोर्क राज्यको बार परीक्षामा फेल भएका छन् ।

डेली मेलमा प्रकाशित रिपोर्टअनुसार न्युयोर्क स्टेट बोर्ड अफ लको वेबसाइटमा राखिएको नतिजामा कोमुरोको नाम छैन। फेल भएपनि पढाइलाई निरन्तरता दिने कोमुरोले जनाएका छन् । आगामी फ्रेब्रुअरीमा फेरि परीक्षा हुनेछ । पत्नी राजकुमारी माकोले पति कोमुरोको पढाइमा सहयोग गर्ने बताएकी छन् । एजेन्सी

प्रतिक्रिया