सर्वसाधारण प्रेमीसँग विवाह बन्धनमा बाँधिइन् जापानी राजकुमारी माको


जापानी राजकुमारी माकोले प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छिन् । एउटै कलेजमा पढेका उनीहरु नजिकिएका थिए र विवाह गर्ने निर्णय गरेका थिए । जापानी कानुन अनुसार शाही परिवारको महिला सदस्यले सर्वसाधरणसँग विवाह गरेमा शाही पदवी गुम्छ ।

माकोले शाही परिवार बाहिर गएर कोमुरोसँग विवाह गरेपछि उनको शाही पदवी पनि गुमेको छ । तर, पुरुष सदस्यले नागरिकसँग विवाह गरेमा भने उनको पद जाँदैन । कोमुरोसँग विवाह गर्ने माकोको निर्णयसँगै जापानमा उक्त कानुनको बारेमा धेरै आलोचना भएको थियो ।

माकोको विवाहमा राजपरिवारको सदस्यको विवाहमा गरिने परम्परागत कार्यक्रम गरिएन । सामान्य रुपमा विवाह गरेकी माकोले मंगलवार बिहान राजदरबार छाडेकी हुन् । उनले राजपरिवारबाट बिदा हुँदा पाउने रकम समेत लिन अस्वीकार गरेकी छिन् । विवाहपछि उनीहरु अमेरिकामा जाने बताइएको छ । कोमुरो अमेरिकामा अधिवक्ताका रुपमा कार्य गर्दै आएका छन् । बीबीसी

प्रतिक्रिया