सुनको भाउँ बढ्यो, चाँदीको स्थिर


काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

प्रतिक्रिया