राष्ट्रिय क्रिकेट टिमः मुख्य प्रशिक्षकमा ६० आवेदन, सर्ट लिष्ट तयार पार्दै समिति


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि विश्वभरबाट कुल ६० जनाले आवेदन दिएका छन्। गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो ।

क्यानले विज्ञप्तीमार्फत प्राप्त आवेदनमाथि छनोट समितिले केही दिनभित्रै ‘सर्टलिस्टेड’ आवेदकहरूको अन्तर्वार्ता लिने जनाएकाे छ ।नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायिकले देखि भारतीय मन्टी देशाई सम्मकाले आवेदन दिएको बुझिएको छ।

क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको माग गरेको थियो ।

प्रतिक्रिया