जम्मु काश्मिरमा बस दुर्घटना हुँदा ९ को मृत्यु, १५ जना घाइते


काठमाडाैं – जम्मु काश्मिरको डोडा जिल्लामा बिहीबार एक मिनी बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । प्रहरी अधिकारीका अनुसार बस डोडाबाट ठथरी जाने क्रममा सुइ गौरी इलाकामा दुर्घटना भएको हो।

आठ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पताल लैजाने क्रमममा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये सात जनाको जम्मुको सरकारी मेडिकल कलेज(जिएमसी) मा उपचार भइरहेको छ भने अन्यलाई डोडाको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । यसका साथै मोदीले घाइतेलाई ५० हजार रुपैयाँ पनि दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया