मोरङ प्रहरीले नियन्त्रणमा लिएका कम्मरमा पेस्तोल राख्ने को हुन् उनी?


मोरङ– मोरङ सुनबर्सी–५ झुगी चोकबाट हतियार सहित एक जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ गरिएका सोही स्थानका ४१ बर्षीय राजकुमार मण्डल हुन्।  विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई नियन्त्रणमा लिएको थियो।

चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनी उपर थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया